भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  बैशाख ८, २०७९

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न"गराउन आग्रह गरेको छ । 

भारत र चीननमा पछिल्लो साता कोरोना संक्रमण बढेपछि बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि संक्रमणको जोखिम कायमै रहेको भन्दै सचेत गराएको हो । 

कोरोनाविरुद्धको खोप लगाउन र पूर्ण मात्रा खोप लगाएको ३ महिना पूरा भएकाले बुस्टर मात्रा खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ । 

मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले बिहीबार विज्ञप्ति जारी गर्दै जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न/गराउन र खोप नलगाएकालाई तत्कालै खोप लगाउन आग्रह गरेकी हुन् ।