डिशहोम फाइबर नेट सेवा  दाङको तुलसीपुरमा विस्तार

डिशहोम फाइबर नेट सेवा  दाङको तुलसीपुरमा विस्तार

लोकसंवाद संवाददाता  |  कारोबार  |  बैशाख ८, २०७९

ललितपुर ।  डिशहोम   फाइबरनेट   देशबासीहरु माझ उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना डिटिएच प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२० मा डिश होमले सुरु गरेको हो । डिश होमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ । 

काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, वीरगंज ,धरान, जनकपुर, ढल्केबर,  बनेपा, धुलिखेल, पनौती, पोखरा, विर्तामोड, दमक, मिर्चैया, बिराटनगर , नेपालगञ्ज, धनगढीमा, सुर्खेत सहित अन्य मुख्य स्थानमा डिश होम फाइबर नेटले आफ्नो सेवा विस्तार गरिसकेको छ । 
समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोम फाइबर नेट हाल तुलसीपुर, दाङमा सुरुवात भएको छ र छिटै नेपालका अन्य स्थानमा पनि पुग्दै छ । 

डिश होम फाइबर नेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, डिश होमका  ग्राहकहरूका लागी डिश टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरू, निःशुल्क डिशहोम GO App XVOD  जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन् ।  फाइबर नेटका योजनाहरु १० एमबीपिएस देखि ६०० एमबीपिएससम्म उपलब्ध छन् ।

डिश होम फाइबर नेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४००० मा सम्पर्क गरि जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।