राखेप बोर्ड बैठक : अन्तरिम आदेश लिएर आएका आठ सदस्यलाई छैन आमन्त्रण

राखेप बोर्ड बैठक : अन्तरिम आदेश लिएर आएका आठ सदस्यलाई छैन आमन्त्रण

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख ९, २०७९

काठमाडौँ ।   राजनीतिक खिचातानी तथा नियुक्ति र बर्खास्ती प्रकरणका कारण तीन वर्षदेखि हुन नसकेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठक आज हुँदैछ । 

सदस्यसचिव टंक लाल घिसिङको प्रस्तावमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले आजको लागि बोर्ड बैठक बोलाएका थिए । युवा तथा खेलकुद मन्त्रालयमा हुने बैठक बिहान ११ बजेबाट बस्ने बताइएको छ । अन्तिम पटक राखेपको बोर्ड बैठक २०७६ सालको सुरुवातमा बसेको थियो । 

अदालतबाट अल्पकालीन अन्तरिम आदेश लिएर आएका आठ सदस्यलाई नबोलाइएको बैठकमा मुख्य दुई एजेन्डा रहनेछन् । सदस्यसचिव घिसिङले नवौं राष्ट्रिय खेलकुद र चिनमा हुने १९औं एशियन गेम्सलाई  मुख्य एजेन्डा बनाएका छन् ।

मन्त्री परिषद्को बैठकले यस अघि नै नवौं राष्ट्रिय खेलकुद जेठ २२ देखि २८ सम्म गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरेको छ ।