सलमान खान १२ जेठमा नेपाल आउने

बलिउड सुपरस्टार सलमान खान १२ जेठमा नेपाल आउने भएका छन् ।

१४ जेठमा ‘दबंग टु नेपाल-रिलोडेड’ कार्यक्रममा सहभागी हुन बलिउड सुपरस्टार खान २ दिनअघि नै नेपाल आउने भएका हुन् ।

१२ जेठ साँझ काठमाडौं ओर्लने खानले १३ जेठमा पर्यटनमन्त्री प्रेमबहादुर आलेसँग माउन्ट फ्लाइट गर्नेछन् भने सोही दिन सगरमाथा क्षेत्रमा ब्रेक्रफास्टसमेत गर्ने कार्यतालिका बनाइएको आयोजक राजिव श्रेष्ठले जानकारी दिए ।  

उनका अनुसार १४ जेठ साँझ मात्र दशरथ रंगशाला बलिउड कलाकारसहित स्टेजमा खान पुग्नुअघि अपराह्न १२ बजेदेखि नेपाली कलाकारले प्रस्तुति दिइसकेका हुनेछन् । बलिउडका अन्य कलाकारसँग नेपाल आउन लागेका खानको यसअघि तय भएको कार्यक्रम कोभिड महामारीका कारण रोकिएको थियो ।