नेपाल कम्युनिस्ट पार्टीको ७३ औं स्थपना दिवस: जुट र फुटको शृंखला

नेपाल कम्युनिस्ट पार्टीको ७३ औं स्थपना दिवस: जुट र फुटको शृंखला

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ९, २०७९

काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापना हुँदा खेरिको मतभेद अझैसम्म जारी छ । स्थापनाकालमा डा. केशरजंग रायमाझी, मनमोहन अधिकारीलगायतले थाहा नदिई सुटुक्क नेकपा स्थापना गरेको भन्दै संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ सहितप्रति असन्तुष्टि जनाएका थिए ।
सोही असन्तुष्टि अन्ततः चर्को मतभेदमा परिणत भएको थियो । मतभेदकै कारण हाल छिन्नभिन्न अवस्थामा कम्युनिस्ट पार्टीहरू छन् ।

‘नेपालमा कम्युनिस्ट आन्दोलनको इतिहास’ पुस्तकका लेखक तथा राजनीतिक विश्लेषक सुरेन्द्र केसीका अनुसार कम्युनिस्ट पार्टीका नेतृत्वमा देखिएको स्वेच्छाचारिता, दक्षिणपन्थी प्रवृत्ति र कार्यशैली गत मतभेद पार्टी छिन्नभिन्न हुनुको कारण हो । 

हुन पनि स्थापना भएको ७३ वर्ष पूरा हुँदा कम्युनिस्ट पार्टीहरू अनेक नाममा दर्ता छन् । कोही सत्तामा घरीघरी पुग्छन् त कोही सानो आकारको पार्टीको रूपमा रहेर अस्तित्व मात्र बचाएका छन् । 

नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको भने १० वैशाख २००६ मा भएको मानिन्छ । तर, स्थापना मितिमा पनि विवाद छ । जे होस्, नेकपा एमालेको अभिलेखअनुसार भारतको विभिन्न सहरमा अध्ययन गर्न पुगेका नेपाली क्रान्तिकारी विद्यार्थीहरू पुष्पलाल श्रेष्ठ, नारायण विलास जोशी, निरञ्जन वैद्य, नरबहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठले कलकत्ताको श्याम बजारस्थित एक बंगालको घरमा बसेर ‘नेपाल कम्युनिस्ट पार्टी’ स्थापना गरेका हुन् ।

संस्थापक महासचिव पुष्पलाल बनेका थिए ।

डा. केसीको पुस्तकमा उल्लेख भएअनुसार  ‘माक्र्सिस्ट स्टडी सेन्टर’मा आबद्ध डा. केशरजंग रायमाझी, हिक्मतसिंह भण्डारी, मनमोहन अधिकारीलगायतलाई पुष्पलालले समावेश नगर्नु मतभेदको कारक रहेको थियो । 
त्यसपछिको घटनाक्रम यस्तो छ : 

र,