माओवादी केन्द्रबाट ललितपुर महानगर उपप्रमुखमा बाबुराजा बज्राचार्यको नाम सिफारिस

माओवादी केन्द्रबाट ललितपुर महानगर उपप्रमुखमा बाबुराजा बज्राचार्यको नाम सिफारिस

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ९, २०७९

नेकपा (माओवादी केन्द्र)ले ललितपुर महानगरको उपप्रमुखमा नाम सिफारिस गरेको छ । 

माओवादी केन्द्र ललितपुर महानगर कमिटीको शुक्रबार बसेको बैठकले उपप्रमुखमा बाबुराजा बज्राचार्यको नाम सिफारिस गरेको हो । बैठकले बज्राचार्यको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो ।

गठबन्धनमा ललितपुर महानगरको प्रमुख कांग्रेसले पाएको छ भने उपप्रमुखमा माओवादीले पाएको छ, जसका कारण माओवादीले उपप्रमुखमा मात्र नाम सिफारिस गरेको हो ।