काठमाडौं आइपुग्यो मेलम्ची

काठमाडौं आइपुग्यो मेलम्ची

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ११, २०७९

मेलम्ची खानेपानी आयाेजनाकाे पानी आइतबारदेखि काठमाडाैं उपत्यकामा वितरण सुरु भएकाे छ ।

खानेपानीमन्त्री उमाकान्त चौधरीले आइतबार बिहान नयाँ बानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेसँगै पानी उपभाेक्ताकाे धारामा पुगेकाे हाे । 

गत वर्ष १ र १७ असारको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त बनाएपछि पानी आपूर्ति राेकिएकाे थियाे । 

सफाइ र मर्मतपछि २९ चैतमा काठमाडौंतर्फ पानी पुनः पथान्तरण गरिएकामा आजबाट पानी वितरण थालिएकाे हाे ।