महानगर प्रमुख उठ्न स्थापितले दिए प्रदेश सांसदबाट राजीनामा

महानगर प्रमुख उठ्न स्थापितले दिए प्रदेश सांसदबाट राजीनामा

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ११, २०७९

बाग्मती प्रदेशका एमाले सांसद केशव स्थापितले पदबाट राजीनामा दिएका छन् । प्रदेश राजधानी हेटौँडा पुगेर उनले आइतबार पदबाट राजीनामा दिएका हुन् । 

राजीनामापत्र उनले प्रदेश सभामुख सानुकुमार श्रेष्ठलाई बुझाए । राजीनामापछि अब काठमाडौं महानगरपालिकाको प्रमुख पदमा मनोनयन दर्ता गरिने स्थापितले बताए ।

प्रदेशको पूर्व भौतिक पूर्वाधारमन्त्रीसमेत रहेका उनी काठमाडौं महानगरपालिकाको दोस्रो पटक प्रमुखमा उम्मेदवारी दिन लागेका हुन् ।