काठमाडौंमा २, विराटनगरमा १ र पोखरामा एक गरी ४ जनाले गरे प्रमुखमा मनोनयन दर्ता

काठमाडौंमा २, विराटनगरमा १ र पोखरामा एक गरी ४ जनाले गरे प्रमुखमा मनोनयन दर्ता

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ११, २०७९

काठमाडौं महानगरपालिकाको प्रमुख पदमा मनोनयन दर्ता सुरु भएको छ । राष्ट्रिय यथार्थवादी पार्टी नेपालका तर्फबाट आनन्दराज जोशीले मनोनयन दर्ता गराएका छन् । 

राष्ट्रियसभा गृहमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा गएर उनले मनोनयन दर्ता गराएका हुन् ।मनोनयन दर्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफ्नो उम्मेदवारी नराम्रा उम्मेदवारलाई हराउन र राम्रालाई जिताउन मात्र भएको बताएका छन् । 

उनीपछि स्वतन्त्रतर्फबाट राजन कार्कीले पनि प्रमुख पदमा मनोनयन दर्ता गराएका छन् । 

प्रदेश १ को विराटनगर महानगरपालिकाको प्रमुखमा पनि एक जनाले स्वतन्त्रतर्फबाट मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ता गराउने माधवराज वाग्ले हुन् । उनी यसअघि सोही महानगरपालिकाको वडा नम्बर– १० का अध्यक्ष थिए । 

यस्तै, पोखरा महानगरपालिकाको प्रमुख पदमा गनेश पौडेलको पनि मनोनयन दर्ता भएको छ । उनी ‘अटेरी अभियान’मा आबद्ध छन् । पाैडेल लेखक तथा स्तम्भकार पनि हुन् ।