पोखराका मेयरका उम्मेदवारको सुन चोरेको भिडियो बाहिरियो

पोखराका मेयरका उम्मेदवारको सुन चोरेको भिडियो बाहिरियो

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ११, २०७९

नेकपा एमालेको तर्फबाट पोखराको प्रमुखको टिकट पाएका दीपक पौडेल अहिले आलोचित भएका छन् । केही वर्षअघि पोखराकै एक सुन पसलबाट उनले सुनको औंठी चोरेको सीसीटीभी फुटेज बाहिरिएपछि आलाेचित भएका हुन् ।

पौडेलको उक्त गतिविधिको भिडियोसहितको विरोध एमालेकै नेता, कार्यकर्ताले समेत गरेका छन् । उनीहरूले पार्टीबाट यसको स्पष्टीकरण खोजेका छन् भने उम्मेदवार फेर्नसमेत दबाब दिएका छन् ।

तर, प्रमुखका उम्मेद्वार पौडेलले आफ्नो चरित्र हत्या गर्नका लागि भिडियो बाहिर ल्याएको प्रतिक्रिया दिएका छन् । ‘यो भएकै थिएन । मेरो चरित्र हत्या गर्न भ्रामक कुरा बाहिर ल्याइयो’, उनले भने, ‘यस्ता कुराको म खण्डनसमेत गर्दिनँ । गर्नपरे पार्टीले गर्छ । साथीहरू लागिरहनुभएको छ ।’

उनले त्यस्तो घटना कहिल्यै नभएको दाबी गरेका छन् ।