कांग्रेस बागी उम्मेदवारका दुःख : मेयरको मात्र होइन आफ्नै दुई तिहाइ भन्दा बढी वडाध्यक्षका विरुद्ध पनि !

लोकसंवाद टिप्पणी

कांग्रेस बागी उम्मेदवारका दुःख : मेयरको मात्र होइन आफ्नै दुई तिहाइ भन्दा बढी वडाध्यक्षका विरुद्ध पनि !

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १२, २०७९

सत्ता गठबन्धन उम्मेदवार चयनको अन्तिम तयारीमा पुगिरहँदा धेरै भर देखिएका विद्रोह र असन्तुष्टि समाधानतिर जुटेका छन् । कांग्रेस भित्रको असन्तुष्टि र अहमताका कारण सत्ता गठबन्धन दलहरुबीच इमान्दार सहकार्य र गठबन्धन हुनेमा शंका उब्जिएका बेला शीर्ष तहबाटै यसको समाधानको प्रयासमा जुटेको पाइएको छ । 

सत्ता गठबन्धनभित्र रहेको कांग्रेसले झापाको एक गाउँपालिकामा एमालेसँग गठबन्धन गर्ने तयारी गरिरहेको र गठबन्धनका दलको भागमा परेका भरतपुर र पोखरामा कांग्रेसका कार्यकर्ताले गठबन्धन भत्काउने कोशिस गरिरहेका बेला केन्द्रबाट त्यसलाई मिलाउने कोशिस सुरु भएको हो ।

सत्ता गठबन्धनका शीर्ष नेताको बैठकमा स्थानीय तह निर्वाचनमा चुनावी तालमेल भएको पालिकामा बागी उम्मेदवारी फिर्ता गराउने सहमति बनेको छ । सत्ता गठबन्धनमा रहेका माओवादी, एकीकृत समाजवादी र जसपाले कांग्रेसले पाएका स्थानीय तहमा विरोध नगरे पनि अन्य दलले पाएको स्थानीय तहमा कांग्रेसको विरोध देखिएको छ । 

जसका कारण गठबन्धन हराउने गरी कांग्रेसले भरतपुर र पोखरामा गतिविधि अघि बढाउनुका साथै गठबन्धन बाहिर पनि तालमेलको कोशिस गरेपछि शीर्ष तहमा नै सहमति खोजिएको हो । कांग्रेसले चितवनमा बागी उम्मेदवार उठाउने निश्चित भएको छ ।

यस्तै पोखरामा पनि केन्द्रको निर्णयअनुसार मेयरमा गठबन्धन भए पनि त्यसबाहेक सबै पदमा कांग्रेसले उम्मेदवार उठाउने तयारी गरेको छ । यसबाट कांग्रेसभित्र चुनाव नहुँदै शक्ति उन्माद र जितको अहंकार प्रर्दशन गरेको आरोप गठबन्धनका दलहरुले  लगाइरहेका  छन् ।

 कांग्रेसमा गत महाधिवेशनमा पराजित भएका शेखर कोइराला समूह गठबन्धनको विपक्षमा देखिँदा देशभरका स्थानीय तहमा समस्या देखिएको हो। तर कांग्रेसमा नै उसले पाएका स्थानीय तहमा भने गठबन्धनका दलले सहज रुपमा स्वीकार गरिदिनुपर्ने भन्ने भाव देखिएको छ । जसका कारण गठबन्धनभित्र समस्या खडा हुने भएपछि शीर्ष तहबाटै गठबन्धन भित्रबाट बागी उम्मेदवारी परे फिर्ता गराउने निर्णय भएको हो ।

कांग्रेसले भरतपुरमा मेयरविरुद्ध उम्मेदवार उठाउने हो भने २० वटा वडामा पाएको अध्यक्ष पद गुमाउन तयार हुनुपर्ने देखिन्छ । किनकि यी सबै वडामा एमाले मुख्य प्रतिस्पर्धी हो । यस्तो अवस्थामा गठबन्धन दलहरुले एमालेलाई मत नहाल्ने हो भने कतिपय वडाध्यक्षहरु पराजित हुने निश्चित छ । आफू पराजित हुने भएपछि कांग्रेसबाट उम्मेदवार बन्नेहरू नै भोलि आफू वा टिमविरुद्ध लोग्नेमाथि त पक्कै निगरानी तीनै वडा अध्यक्ष वा वडा सदस्यहरुले नै  गर्छन् ।

बैठकपछि सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन दलबीच चुनावी तालमेल भएको ठाँउमा बागी उम्मेदवार दिने अवस्था भए फिर्ता गराउने सहमति भएको र चुनावी परिणाम गठबन्धनको पक्षमा पार्न पाँच दलीय गठबन्धनको पार्टी पंक्तिलाई निर्देशन गरिने निर्णय भएको बताए । 

गठबन्धन दलबीच चुनावी तालमेलका लागि सिट बाँडफाँड भएको पोखरा र भरतपुर महानगरपालिकामा नेपाली काँग्रेसका कार्यकर्ताले बागी उम्मेदवारी दिएका छन् । काँग्रेसबाट भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने जगन्नाथ पौडेलले घोषणा गरेका छन् भने पोखरामा नेता विमल बहादुर कार्कीले पनि बागी उम्मेदवारी नै  दर्ता गराई सकेका  छन् ।

ललितपुरमा माओवादी र कांग्रेसबीच गठबन्धन हुँदा एकीकृत समाजवादीलाई पाखा लगाइएको छ भने जितपुर सिमरामा माओवादी केन्द्र विरुद्ध कांग्रेस, जसपा र जनमोर्चा एक भएर लागेका छन् । यसबाट गठबन्धनभित्र  संकट देखा परिरहेको छ ।

ललितपुर महानगरमा गठबन्धनमा बेवास्ता गरिएपछि एकीकृत समाजवादीले प्रमुखमा हरिकृष्ण थापा र उपमेयरमा उषा बज्राचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यसरी देशका विभिन्न स्थानमा गठबन्धनमा समस्या आएपछि त्यसलाई मिलाउन र बागी रोक्न शीर्ष नेताहरु जुटेका हुन् । 

उम्मेदवारी दर्ता गरिरहँदा गठबन्धन दलहरु मिलेर गर्ने निर्णय केन्द्रले गरे पनि स्थानीय स्तरमा भने यस्तो हार्दिकता कम देखिएको छ । केही जिल्लामा गठबन्धन दलबीच सहमति जुट्न नसकेर आपसी प्रतिस्पर्धा निश्चित भएको छ । कुनै जिल्लामा सिट बाँडफाँट नमिलेमा पाँच दलको सहमतिमा आपसी प्रतिस्पर्धा हुन सक्ने तर गठबन्धनभन्दा बाहिर गएर चुनावी तालमेल नगर्ने निर्णय हुँदै गर्दा जितपुर सिमरामा माओवादी विरुद्ध गठबन्धनकै अन्य दल एक भएका हुन् । 

अब राजनीति छाड्ने कि पार्टी ?

सत्तारुढ नेपाली कांग्रेसमा कम्युनिस्ट विभाजित भएका बेला सबै एक्लै जिति हालिन्छ किन बाँड्ने भन्ने मीठो भ्रम रहेको देखिएको छ । कम्युनिस्ट पार्टी विभाजित भएका बेला आफैं जित्न सक्ने ठाउँ बाँड्नु परेकामा कांग्रेस कार्यकर्ताहरूमा आक्रोश पोखिरहेका छन् । 

तर यो आक्रोश उम्मेदवारी दर्ता सकिने बेलासम्म मात्रै बाँकी रहने देखिन्छ । जब अन्तिम नामावली प्रकाशित हुन्छ, तब पार्टी छाड्ने वा पार्टीको निर्णय मान्ने बाहेक अर्को विकल्प देखिदैन । कांग्रेसले भरतपुरमा मेयरविरुद्ध उम्मेदवार उठाउने हो भने २० वटा वडामा पाएको अध्यक्ष पद गुमाउन तयार हुनुपर्ने देखिन्छ । किनकि यी सबै वडामा एमाले मुख्य प्रतिस्पर्धी हो । यस्तो अवस्थामा गठबन्धन दलहरुले एमालेलाई मत नहाल्ने हो भने कतिपय वडाध्यक्षहरु पराजित हुने निश्चित छ । आफू पराजित हुने भएपछि कांग्रेसबाट उम्मेदवार बन्नेहरू नै भोलि आफू वा टिमविरुद्ध लोग्नेमाथि त पक्कै निगरानी तीनै वडा अध्यक्ष वा वडा सदस्यहरुले नै  गर्छन् । त्यसैले अब गठबन्धन विरुद्ध उभिन पनि सहज छैन । 

अहिलेको गठबन्धन कसैको निगाहमा भन्दा पनि राष्ट्रिय आवश्यकताको सन्देश दिने भन्दा पनि  केही आकांक्षीको कारण बागी उम्मेदवारी दिइरहेका छन् । खासगरी नेपाली कांग्रेसले  पोखरा र भरतपुरमा  मेयरका बिरुद्ध बागी  उम्मेदवारी दिंदा भरतपुरका २९ मध्ये २०जना वडाध्यक्ष र पोखराका पनि दुई तिहाइ भन्दा बढी वडाध्यक्षका बिरुद्धको पनि बगी हुनु पर्ने बाध्यता छ ।

त्यसलाई पूरा नगरी गठबन्धन विरुद्ध गतिविधि गर्नु भनेको यसको स्पिरिट मा अन्ततः नआई सुख नभएको निश्कर्ष गठबन्धनका नेताहरुको रहेकाे छ । सोही अनुसार बागी उम्मेदवारी फिर्ता गराउन  गठबन्धनका नेताहरु ध्यान केन्द्रित गरिरहेको सन्देश दिइरहेका छन् । यसो नगर्ने हो भने  दलहरुले भनेझै 'व्यवस्था जोगाउन' कै लागि भनि गरिएकाे गठबन्धन केबल  आफूलाई सुरक्षित गर्न मात्रै त थिएन ?  भन्ने कुराकाे जवाफ कुर्न केही समय पर्खनु पर्ने हुन्छ ।