एकीकृत समाजवादीलो ताेक्य उम्मेदवार: पोखरामा धनराज र हेटौंडामा मीना मेयरमा ( विज्ञप्तिसहित)

एकीकृत समाजवादीलो ताेक्य उम्मेदवार: पोखरामा धनराज र हेटौंडामा मीना मेयरमा ( विज्ञप्तिसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १२, २०७९

काठमाडौं । सत्ता गठबन्धनबाट पोखरा महानगरपालिका मेयरमा धनराज आचार्य उम्मेदवार बन्ने भएका छन् । 

पोखरामा मेयर उम्मेदवारको भागवण्डा पाएको नेकपा एकीकृत समाजवादी केन्द्रीय सचिवालयको आज बिहानको बैठकले आचार्यलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो । 

समाजवादीले हेटौडा उपमहानगर मेयरमा मीना लामा उम्मेदवार बनाउने भएकाे छ । महासचिव बेदुराम भुसालका अनुसार काठमाडौं महानगर र तीन वटा उप महानगरपलिकामा पनि उपमेयर उम्मेदवारको टुंगो लागेको छ ।

एकीकृत समाजवादीले काठमाडौं महानगर रामेश्वर श्रेष्ठलाई उपमेयरको टिकट दिएको छ ।

इटहरी उपमेयरमा केशवकुमार विष्ट, बुटवल उपमेयरमा चिनबहादुर गुरुङ र तुल्सीपुर उपमेयरमा जोगबहादुर रानामगरले उम्मेदवारीको टिकट पाएका छन् ।

नेकपा एकीकृत समाजवादीद्वारा जारी विज्ञप्ति