कांग्रेसले गण्डकीका सबै नगरपालिकाको उम्मेदवार टुंगो लगायो

कांग्रेसले गण्डकीका सबै नगरपालिकाको उम्मेदवार टुंगो लगायो

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १२, २०७९

नेपाली कांग्रेसले गण्डकीका सबै नगरपालिकाका टिकट बाँडफाँट गरेको छ । पर्वतका २ पालिकाबाहेक २४ नगरपालिकाको टिकट वितरण गरिएको हो । पर्वतमा गुटको विवादले रोकिएको छ ।

कुन पालिकामा कसले पायो भन्ने अझै सार्वजनिक भएको छैन । सोमबार बिहान बसेको प्रदेश समिति बैठकले टिकट वितरण टुंगो लगाएको हो । गाउँपालिकाकाे टिकट भने जिल्लाबाटै वितरण भइरहेकाे छ ।