पत्रकार राई उम्मेदवारी दर्तापछि चुनावी अभियानमा

पत्रकार राई उम्मेदवारी दर्तापछि चुनावी अभियानमा

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १२, २०७९

सोलुखुम्बूको महाकुलुङ गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दर्तापछि पत्रकार भक्त राई चुनावी अभियानमा होमिएका छन् । 

नेकपा एमालेबाट अध्यक्ष पदमा आइतबार उम्मेदवारी दर्ता गरेका राईले आज बिहानैदेखि मतदाताकहाँ पुगेर मत माग्न थालेका छन् । 

जनलहर आफ्नो पक्षमा देखिएको भन्दै उनले ३० वैशाखमा हुने निर्वाचनबाट निर्वाचित हुने विश्वास व्यक्त गरे ।

राईसँग रेडियो, अनलाइनदेखि छापा माध्यममा लामो समय पत्रकारिता गरेको अनुभव छ । 

उनले उम्मेदवारी दिएको गाउँपालिका यसअघि २०७४ सालमा भएको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले निर्वाचत जितेको थियो । 

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार भएका थिए ।