कांग्रेसले टुंग्यायो हेटौँडा र थाहाको उप्रमुख

कांग्रेसले टुंग्यायो हेटौँडा र थाहाको उप्रमुख

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १२, २०७९

नेपाली कांग्रेसले हेटौँडा उपमहानगरपालिका र थाहा नगरपालिकाको उपप्रमुखको टुंगाे लगाएको छ  ।

गठबन्धनको निर्णयअनुसार हेटौँडाको प्रमुखमा नेकपा (एकीकृत समाजवादी)लाई र उपप्रमुख कांग्रेसलाई दिने भएको थियो । नेकपा एसले हेटौँडाको प्रमुखका लागि अहिलेकी उपप्रमुख मीना लामालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

कांग्रेसले हेटौँडाको उपप्रमुखका लागि राजेश बानियाँ र थाहा नगरपालिकाको उपप्रमुखका लागि भरत गोपालीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।