एमालेबाट काठमाडौं प्रमुख स्थापित र उपप्रमुख डंगोलको उम्मेदवारी दर्ता

एमालेबाट काठमाडौं प्रमुख स्थापित र उपप्रमुख डंगोलको उम्मेदवारी दर्ता

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १२, २०७९

नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको प्रमुखमा केशव स्थापित र उपप्रमुखमा सुनिता डंगोलको उम्मेदवारी दर्ता भएको छ । 

काठमाडौंस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरूले आ-आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी मनोनयन दर्ताको दोस्रो दिन सोमबार स्थापित र डंगोलले उम्मेदवारी दर्ता गराएका हुन् । 

स्थापित काठमाडौं महानगरका पूर्वप्रमुख तथा बाग्मती प्रदेशका पूर्वमन्त्री र पूर्वसांसद हुन् भने डंगोल पूर्व मिस नेवा: हुन् । 

२०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा स्थापित काठमाडौं महानगरको प्रमुखमा निर्वाचित भएका थिए । यस पटक पनि एमालेले पूर्वप्रमुख स्थापितलाई नै काठमाडौं प्रमुखमा अघि सारेको हो ।