एमाले अध्यक्ष केपी ओली मतदाता रहेको वडा बालकोटमा निराेज कार्कीको स्वतन्त्र उम्मेदवारी

एमाले अध्यक्ष केपी ओली मतदाता रहेको वडा बालकोटमा निराेज कार्कीको स्वतन्त्र उम्मेदवारी

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १२, २०७९

भक्तपुर । नेकपा  एमाले  अध्यक्ष केपी ओली मतदाता रहेको सूर्यविनायक नगरपालिका वडा नम्बर  २ बालकोटमा स्थानीय युवा तथा व्यापारी निराेज कुमार कार्कीले स्वतन्त्र रुपमा वडाअध्यक्षमा उम्मेदवारी दर्ता गराउनु भएकाे छ ।

यही बैशाख ३० गत सम्पन्न हुने स्थानीय तहको लागि आज बैशाख १२  गते सोमबार  निर्वाचनको लागि स्वतन्त्र रुपमा वडाअध्यक्षमा बालकोट सपिङ सेन्टरका सञ्चालन समेत रहनु भएका कार्कीले १६ नम्बरमा उम्मेदवारी  दर्ता गराउनु भएकाे हाे ।

निर्वाचन अधिकृतको कार्यालय  भक्तपुरमा सूर्यविनायक नगरपालिकामा वडाअध्यक्षमा उम्मेदवारी मनोनयन पत्र दर्ता गरेको जानकारी  दिनु भएको छ । 

निराेज कुमार कार्की मनोनयन पत्र दर्ताको निस्सा