डिशहोमका २ ग्राहकले जिते लक्की ड्रमा  एक एक लाख

डिशहोमका २ ग्राहकले जिते लक्की ड्रमा  एक एक लाख

लोकसंवाद संवाददाता  |  कारोबार  |  बैशाख १२, २०७९

ललितपुर ।  १ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले १ बर्षको रिचार्ज गर्दा २४ महिना सम्म डिशहोम डि.टि.एच.को सेवा उपभोग गर्न पाउने  भएका छन्, साथै हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले  एक लाख जित्ने अवसर पनि प्राप्त गर्ने छन् ।

यसै योजना अन्तर्गत बैशाख पाँच गते र बैशाख १२ गते गरिएको लक्की ड्रमा क्रमशः  CAS ID71900831042  र 02564251703 भएका ग्राहकहरुले रु एक–एक लाख जित्न सफल भएका छन् । 

डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलरदाईकोमा गएर डिशहोमको फण्ड ट्रान्सफर मार्फत आफुले प्रयोग गरेको प्याकेजको १ बर्षको रिचार्ज गर्नुपर्नेछ । 

यस लक्की ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी.,  रमाईलो एच.डी., सरोकार टि.भी., नेपा च्यानल, तथा डिशहोम सोकेस मा हुने गर्दछ ।