भरतपुर प्रमुखमा रेणुको उम्मेदवारी दर्ता

भरतपुर प्रमुखमा रेणुको उम्मेदवारी दर्ता

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १२, २०७९

चितवनकाे भरतपुर महानगरपालिकाकाे प्रमुखमा रेणु दाहालले उम्मेदवारी दर्ता गरेकी छन् । गठबन्धन दलबाट भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र)की रेणु दाहाल र उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले साेमबार अपराह्न उम्मेदवारी दर्ता गराएका हुन् । 

भरतपुरमा माओवादीले प्रमुख र का‌ंग्रेसले उपप्रमुख पाएकाे थियाे । माओवादी केन्द्रका रेणु भरतपुर महानगरकी पूर्वप्रमुख पनि हुन् ।