हेटौँडा उपमहानगरमा गठबन्धनले उम्मेदवारी दर्ता गरायो

हेटौँडा उपमहानगरमा गठबन्धनले उम्मेदवारी दर्ता गरायो

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १२, २०७९

हेटौँडा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदका लागि सत्तारूढ गठबन्धनले उम्मेदवारी दर्ता गराएको छ । गठबन्धनको निर्णयअनुसार  प्रमुख नेकपा (एकीकृत समाजवादी)को भागमा परेको थियो भने उपप्रमुख नेपाली कांग्रेसको भागमा परेको थियो ।

साेहीअनुसार प्रमुख पदमा नेकपा एसबाट मीनाकुमारी लामा र उपप्रमुखमा नेपाली कांग्रेसबाट राजेश बानियाँले उम्मेदवारी दर्ता गराएका हुन् । गठबन्धनका उम्मेदवारहरूले र्‍यालीसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्तापछि लामाले निर्वाचनमा जिते हेटौँडाका सबै वडामा खानेपानी, पूर्वाधार, खेलकुदलगायतका क्षेत्रहरूलाई विशेष जोड दिने बताइन् । प्राविधिक कृषि, महिला उद्यमीहरूलाई आर्थिक रूपान्तरणसँग जोडेर काम गर्ने उनको भनाइ छ ।  उपप्रमुखका उम्मेदवार राजेश बानियाँले शिक्षा, स्वास्थ्य, खेलकुदमा विशेष जोड दिँदै काम गर्ने बताए ।