नेप्से परिसूचक ३४ अंकले घट्यो

नेप्से परिसूचक ३४ अंकले घट्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  बैशाख १२, २०७९

साताको दोस्रो दिन साेमबार नेपाली शेयर बजार नेप्से ३४ दशमलब ९५ अंकले घटेर परिसूचक २ हजार ३८६ अंकमा बन्द भएको छ । साताकाे पहिलाे दिन आइतबार एकै दिन ९६ अंकले बढेर हरियाली छाएको नेप्सेमा सोमबार ३४ अंकको गिरावट आउँदा नेप्सेको सेन्सेटिभ इन्डेक्स ६ अंकले घटेको छ । 

सोमबार नेप्सेको सेन्सेटिभ इन्डेक्स ४५४ अंक पुगेर बन्द भएको छ । नेप्सेमा ५० लाख ४७ हजार कित्ता शेयर खरिद-बिक्री हुँदा २ अर्ब ४ करोड २२ लाख  हजार  रुपैयाँको कारोबार भएको छ । 

कारोबार रकममा आइतबारभन्दा ५१ करोड रुपैयाँले कमी आएको छ । नेप्सेमा सोमबार अधिकांश सेक्टरका शेयरधनीले गुमाएका छन् ।

नेप्सेमा १६३ वटा कम्पनीका शेयरधनीले ठूलो रकम गुमाउँदा जम्मा २७ वटा कम्पनीले शेयरधनीले नाफा कमाएका छन् । शेयर बजारमा लाइफ इन्स्योरेन्स र ननलाइफ इन्स्योरेन्स सेक्टरका शेयरधनीले सबैभन्दा धेरै १०० अंक बढीको गिरावट बेहोर्नुपरेको छ ।