छायानाथ रारामा माओवादी-नेकपा एस तालमेल

छायानाथ रारामा माओवादी-नेकपा एस तालमेल

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १२, २०७९

मुगुको छायानाथ रारा नगरपालिकामा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच तालमेल भएको छ ।

मओवादी केन्द्रका तर्फबाट छायानाथ रारा नगरपालिकाको प्रमुखमा सुरबहादुर बुढा र नेकपा एसको तर्फबाट उपप्रमुखमा बलराम साहननीले मनोनयन दर्ता गरेका हुन् ।

२०७४ सालको निर्वाचनमा यस नगरपालिकामा नेपाली कांग्रेसले जितेको थियो । यसअघि केन्द्रको सर्कुलरअनुसार ५ दलले तालमेल गर्ने बताएका थिए । तर, मुगुमा त्यो हुन सकेको छैन । यी दलले कांग्रेससँग समीकरण नगरेपछि नेकपा एससँग समीकरण भएपछि राजनीतिक गठजोड फेरिएको छ ।