ललितपुर महानगमा चिरीबाबुले दिए प्रमुखमा उम्मेदवारी

ललितपुर महानगमा चिरीबाबुले दिए प्रमुखमा उम्मेदवारी

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १२, २०७९

गठबन्धनका तर्फबाट कांग्रेसका चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकाको प्रमुख पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । जावलाखेलस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार दिउँसो उनले उम्मेदवारी दर्ता गरेका हुन् । 

गठबन्धनमा कांग्रेसले ललितपुर महानगरमा प्रमुख पाएको थियो, जस कारण उनले प्रमुखमा उम्मेदवारी दर्ता गरेका हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा ललितपुर प्रमुखमा निर्वाचित महर्जन फेरि दोहोरिन खोजेका हुन् । 

उम्मेदवारी दर्तापछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै उनले महानगरपालिकामा गर्नुपर्ने कामहरू अझै रहेकाले आफूलाई निर्वाचित गराउन आग्रह गरे ।