नेपाल-भारत साहित्य महोत्सव:  करिब दुई दर्जन वरिष्ठ सर्जकहरू सम्मानित हुँदै

नेपाल-भारत साहित्य महोत्सव:  करिब दुई दर्जन वरिष्ठ सर्जकहरू सम्मानित हुँदै

लोकसंवाद संवाददाता  |  साहित्य  |  बैशाख १३, २०७९

काठमाडौँ ।  काठमाडौँमा आगामी २०७९ बैशाख १६-१८ मा आयोजना गरिने  नेपाल-भारत साहित्य महोत्सव दोस्रो संस्करणमा वरिष्ठ संस्कृतिविद शताब्दी पुरुष सत्यमोहन जोशीलाई भानु सम्मान २०७९ प्रदान गरिने भएको छ । 

नेपाल-भारत साहित्य महोत्सव आयोजक समितिका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । सोही बैठकले जोशीको शिघ्र स्वास्थ लाभको हार्दिक कामना समेत  गरेको छ । 

सोही महोत्सवको अवसर पारेर  वरिष्ठ साहित्यकारहरु प्रा. डा.  वासुदेव त्रिपाठी, प्राज्ञ बैरागी काइँला,  मोदनाथ प्रश्रित,  घनश्याम राजकर्णिकार, गणेश रसिक, प्रा. डा.  गोविन्दराज भट्टराई,  डा. राम दयाल राकेश, र डा. राजेन्द्र विमललाई भानु-तुलसी साहित्य सम्मान प्रदान गर्ने भएको छ । 

यसैगरी वरिष्ठ सर्जकहरू  हिरण्य कुमारी पाठक,  डा.  गार्गी शर्मा,  माया ठकुरी,  प्रा. डा. उषा ठाकुर, डा. बेन्जु शर्मा,  प्राज्ञ उन्नती बोहरा शीला, र पद्मावती   सिहलाई भानु-तुलसी साहित्य सम्मान प्रदान गर्ने भएको छ । 

यसैगरी भारतका साहित्यकार एवं मेरठ  फेस्टिबलका आयोजक डा.  विजय पण्डितलाई नेपाल सम्मान २०२२ तथा नेपाल-भारत साहित्य महोत्सव प्रथम सँस्करणका अध्यक्ष साहित्यकार गणेश लाठलाई पनि सम्मानित गर्ने भएको छ । 

सबै सम्मान आगामी २०७८ बैशाख १६ गते प्रदान गर्ने जानकारी महोत्सव सचिवालयले जनाएको छ । 

नेपाल-भारत साहित्य महोत्सवले गत २०७८ फागुन १४ गते भारतको केरलाबाट आएका साहित्यकारहरु डा। रतिका पंचार प्पोयिल कोट्टायि, डा. रम्या बालन के र कवि दिलना के। रविलाई सम्मानित गरिसकेको छ । सोही कार्यक्रममा दिल्ली, भारतबाट आएका साहित्यकारहरु कमला सिंह र  दिलदार  देहलवीलाई पनि सम्मान गरेको थियो ।