स्थानीय तह उम्मेदवारी दर्ता: कतै नेता परिवारका सदस्य त कतै गापा प्रमुख नै निर्विरोध !

स्थानीय तह उम्मेदवारी दर्ता: कतै नेता परिवारका सदस्य त कतै गापा प्रमुख नै निर्विरोध !

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १३, २०७९

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सोमबार मनोनयन दर्ता सम्पन्न भएको छ । देशभर ७५३ स्थानीय तहमा मेयर/उपमेयर, अध्यक्ष उपाध्यक्षसहित वडाअध्यक्ष र सदस्यका लागि ८२ हजारभन्दा बढीले उम्मेदवारी दिएका छन् । 

देशभरका ६ महानगरपालिका,  ११ उपमहानगरपालिका र २७६ नगरपालिकाको प्रमुखका लागि २ हजार ३४३ जनाले र उपप्रमुखका लागि १ हजार ४४५ जनाले उम्मेदवारी दिएका छन् । यस्तै ४ सय ६० गाउँपालिकाको अध्यक्षका लागि २ हजार ४९७ र उपाध्यक्षका लागि एक हजार ७२६ जनाले मनोनयन दर्ता गराएका छन् ।

मनोनयन दर्ताको काम सकिएसँगै अब देश स्थानीय तहको निर्वाचनमा होमिएको छ । उम्मेदवारी दर्ताका क्रममा देशका धेरैजसो स्थानीय तहमा सत्ता गठबन्धन र एमाले आमुन्ने सामुन्नेमा देखिएको छन् । 

उम्मेदवारी दर्तामा देखिएका रोचक दृश्य

स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्तामा केही रमाइला दृश्य देखिए । सत्ता गठबन्धनले उम्मेदवार दर्ता गराएका ६ मध्ये तीन पालिकामा नेताका परिवारका सदस्यहरु उम्मेदवार बनेका छन् । ६ महानगरमा प्रमुख र उपप्रमुख गरी १२ वटा पदमा भागबण्डा भएको छ । जसमध्ये काठमाडौंको मेयरमा प्रकाशमान सिंहकी श्रीमती सिर्जना सिंह, भरतपुरको मेयरमा प्रचण्ड पुत्री रेणु र विराटनगरको उपमेयरमा उपेन्द्र यादवका छोरा अमरेन्द्र उम्मेदवारको मनोनयन पत्र दर्ता गरेका छन् ।

२०४६ देखि राजनीतिमा सक्रिय नरहेकी सिंह प्रकाशमान सिंहकी श्रीमतीले यसपटक देशको राजधानी काठमाडौंको मेयरमा टिकट पाउन सफल भएकी हुन् । नेपालको पुरानो राजनीतिक परिवारकी बुहारी हुनुभन्दा अघि नै राजनीतिमा सक्रिय रहे पनि उनी सधैं प्रकाशमानकी श्रीमतीका रुपमा रहेका कारण राजनीतिमा चर्चामा आउन भने सकेकी थिइनन् ।

डोल्पाकै छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्षमा पनि एकीकृत समाजवादीका उम्मेदवारको मात्र मनोनयन दर्ता भएको छ । एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य धनबहादुर बुढाका अनुसार काइके गाउँपालिकाको अध्यक्षमा अंगदकुमार राना र छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्षमा सेनाङ गुरूङले उम्मेदवारी दर्ता गराएका हुन् ।

तर अब मेयरको उम्मेदवार बनेपछि भने उनको चर्चा चुलिएको छ । आफूलाई देशको सबैभन्दा ठूलो पार्टी दाबी गर्ने एमालेले यसपटक धेरै स्थानीय तहमा नयाँ उम्मेदवार उठाएको छ । पछिल्लो ५ वर्षमा एमालेका जनप्रतिनिधिले लोकप्रियता नकमाएका कारण एमाले सत्ता गठबन्धनसँग पुरानै उम्मेदवार उठाउन डराएको देखिएको छ ।

यसपटक एमालेले पोखरामा मेयरका लागि सिफारिस गरेका व्यक्ति सिक्री चोरीमा संलग्न भएको पाइएपछि उनको टिकट नै खोसिएको छ । उनी एमाले अध्यक्ष केपी शर्मा ओलीकै चाहनामा एमालेबाट उम्मेदवार बनाइएका थिए । यता काठमाडौं महानगरमा उम्मेदवार बनाइएका केशव स्थापित पनि यौन दूराचारीको आरोप लागिरहेको छ ।  

स्थापितलाई मेयरको उम्मेदवार बनाएपछि सार्वजनिक रुपमा आलोचना सुरु भएको छ । उनी यसअघि पनि पटक पटक एमाले त्याग्दै एमालेमा फर्किदै गरेका व्यक्ति समेत हुन स्थापित । 

समाजवादीका दुई स्थानीय तह निर्विरोध  

एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीले स्थानीय तह जित्न कठिन हुने सबैको अनुमान थियो । सबैभन्दा पहिले एकीकृत समाजवादीका दुई गाउँपालिका प्रमुखमा निर्बिरोध निर्वाचित भएर सबैको अनुमानलाई गलत सावित गरिदिएको छ ।

काइके गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले मात्र मनोनयन दर्ता गराएपछि निर्विरोध भएका हुन् । काइके गाउँपालिकाका अरु जन प्रतिनिधि पनि एकीकृत समाजवादीको मात्र मनोनयन दर्ता भएको छ ।

डोल्पाकै छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्षमा पनि एकीकृत समाजवादीका उम्मेदवारको मात्र मनोनयन दर्ता भएको छ । एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य धनबहादुर बुढाका अनुसार काइके गाउँपालिकाको अध्यक्षमा अंगदकुमार राना र छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्षमा सेनाङ गुरूङले उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै डोल्पोबुद्ध गाउँपालिकाको उपाध्यक्षमा पेमा वाङ्जु गुरूङको मात्रै उम्मेदवारी परेको छ । 

गठबन्धनलाई वागीको पिरलो

स्थानीय तहको मनोनयन दर्ता सकिएसँगै यो निर्वाचन पहिलेको भन्दा निकै पेचिलो देखिएको छ । सत्ता गठबन्धनका अन्य दलको उम्मेदवार बनेका स्थानमा कांग्रेसका शीर्ष नेताहरुकै संरक्षणमा बागी उम्मेदवार बनेपछि चुनाव कठिन बन्ने देखिएको हो । सत्ता गठबन्धन दलहरुबीच कुरा नमिल्दा धेरै स्थानमा बागी परेको हो । निर्वाचनमा गठबन्धन नगर्न दलहरु स्वतन्त्र हुन्छन् । तर गठबन्धन बनाइसकेपछि सबै दलहरुमा  इमानदारितामा भने खडेरी लगिरहेको छ ।