एकीकृत समाजवादीबाट बिर्तामोडमा उपमेयरमा पत्रकार तीर्थ सिग्देल

५ वडा अध्यक्ष र १४ जना सदस्यमा उम्मेदवारी

एकीकृत समाजवादीबाट बिर्तामोडमा उपमेयरमा पत्रकार तीर्थ सिग्देल

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १३, २०७९

बिर्तामोड । नेकपा एकीकृत समाजवादी पार्टीबाट बिर्तामोडमा उप मेयर सहित ५ वडा अध्यक्ष र १४ जना सदस्यको उम्मेदवारी परेको छ।

सो पार्टीबाट उप प्रमुखमा  नेकपा एकीकृत समाजवादीका प्रचार विभाग सदस्य  समाजवादी प्रेस संगठन नेपालका उपाध्यक्ष  तीर्थ सिग्देलसहित वडा न १ वाट अध्यक्षमा केदार ओडारी,  ३ मा पुन्यप्रसाद अर्याल,  ४ बाट श्रीप्रसाद सिटौला, १० बाट चेतानन्द निरौला रहुनु भएकाे छ  ।

वडा सदस्यमा १४ जनाको उम्मेदवारी  परेको सो पार्टीले जनाएको छ । नगरमा राम्रो उपस्थिति रहेकोले घर दैलो अभियान र टोल सभाको योजना अगाडि सारिएको पार्टी उप सचिब बीपी भट्टराईले बताए ।

बिर्तामोडमा उप प्रमुख उठेका सिग्देल लामो समयदेखि पत्रकारिता र लेखन कार्यमा सक्रिय ब्यक्ति हुन । बिगत ३० वर्षदेखि राजनितिक कार्यकर्ताका रुपमा कृयाशील सिग्देलको उम्मेदवारीले बिर्तामोडको चुनावी माहौल तातेको छ । उनले आफ्नो २५ बुँदे अवधारणा पत्र सार्वजनिक गर्दै नगर विकासको खाका प्रस्तुत गरेका छन् ।