एक मण्डप, एक दुलाहा तर दुई दुलही

एक मण्डप, एक दुलाहा तर दुई दुलही

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ७, २०७६

सामान्यतया एउटा मण्डपमा एकजना दुलाहा र एकजना दुलहीबीच विवाह हुन्छ । तर भारतको छत्तिसगढमा एक दुलाहा र दुई दुलही भएको अनौठो विवाह सम्पन्न भएको छ । 

काठमाडौं, एजेन्सी । सामान्यतया लोग्ने स्वास्नीकाबीचमा तेस्रो व्यक्ति प्रवेश गरेको कसैलाई पनि सहज लाग्दैन । यदि त्यसो भइहालेका खण्डमा झगडा स्वभाविकै हो । तर भारतको छत्तिसगढमा भने यसको ठीक विपरित उदाहरण देखिएको छ । 

एकजना पत्नीले पतिको खुशिका लागि आफू संलग्न रहेर प्रेमीकासँग पतिको विवाह गराई दिएकी छन् । विवाह मण्डमा ती पत्नी आफूले पनि पतिसँग पुनः सातफेरो लिएकी छन् । 

छत्तिसगढको बगडोल गाउँ निवासी अनिल पैंकराको छिमेकी गाउँमा विवाह भएको थियो । सीआरपीएफका जवान अनिल बनारसमा कार्यरत छन् । तर छुट्टीको समयमा घर आउँदा परिवारसँग समय बिताउन छोडेर गाउँकै प्रेमीकासँग समय बिताउन थालेपछि उनको पत्नीले यस्तो सम्बन्ध ठीक हुँदैन बरु विवाह गर्नु नै उचित हुने प्रस्ताव गरिन । 

त्यसपश्चात परिवार र समाज बसेर अनिलको बिहे गर्ने निर्णय भयो । बिहेमा सबै नातागोता र समाजलाई पनि बोलाइयो । बिबाह मंचमा अनौठो त्यसबेला देखियो जब प्रेमीका र पत्नी दुबै सजिएर दुलहीका रुपमा जग्गेमा सँगै देखिए । उनकी पत्नीले पनि प्रेमीकासँगै सातफेरो पनि लगाइन । 

तर भारतीय कानूनका अनुसार यो गैरकानूनी बिबाह हो । बहुबिबाह कानूनले वर्जित गरेको छ ।