एकीकृत समाजवादी झापा : ६ प्रमुख र ९ उपप्रमुख, ३८ जना वडाध्यक्ष  र १ सय ९ जना सदस्यमा  उम्मेदवारी

एकीकृत समाजवादी  झापा : ६ प्रमुख र ९ उपप्रमुख, ३८ जना वडाध्यक्ष  र १ सय ९ जना सदस्यमा  उम्मेदवारी

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १३, २०७९

झापा । एमाले अध्यक्ष केपी ओलीको गृह जिल्ला झापामा नेकपा (एकीकृत समाजवादी) ले  एकल रुपमा ६ पालिका प्रमुख र ९ उपप्रमुख, ३९ जना वडाध्यक्ष  र १ सय ९ जना सदस्यमा  उम्मेदवारी दर्ता गरेकाे जिल्ला कमिटी झापा अध्यक्ष बेदराज रेग्मीले जानकारी दिनु भएको छ ।

अध्यक्ष  रेग्मीका अनुसार बुद्ध शान्ती गाउँपालिका प्रमुखमा दुर्गा आचार्य, अर्जुनधारा प्रमुखमा रमा खवास, शिवसताक्षीको प्रमुखमा कोपिला न्यौपाने, गौरादह प्रमुखमा खगेन्द्र  दाहाल, केचन कवल प्रमुखमा खेमचरण यादव, गौरीगन्जमा  प्रमुखमा भूपनारायण  राजव‌ंशीले  मनोनयन दर्ता भएको छ । 

 त्यसैगरी मेचीनगरको उपप्रमुखमा शारदा शर्मा, बुद्धशान्तीको उपप्रमुखमा प्रेमसागर सापकोटा, विर्तामोडको उपप्रमुखमा तीर्थ सिग्देल, कन्काईमा अम्बिका उप्रेती,  शिवसताक्षीको उपप्रमुखमा नविन इजम, दमकको उपप्रमुखमा महेश घिमिरे, गौरादहको उपप्रमुखमा लक्ष्मीदेवी चौधरी, झापाको उपप्रमुखमा इश्वर दाहालले मनोनयन दर्ता गरेकाे जनाएकाे छ । 

नेकपा (एकीकृत समाजवादी) झापाका अनुसार मेची नगरको ५ वडाअध्यक्ष (३, ७, ८, १०र १५) सहित १६ जना वडा सदस्य,  बुद्ध शान्ती गाउँपालिकाका वडाअध्यक्ष ४ वटा  (५,१,३, ६) सहित ७ जना वडा सदस्य, अर्जुन धाराका  ८ वडाअध्यक्ष (१, ४, ९, ६,७, ९, १०,र ११) सहित २५ जना वडा सदस्य,  बिर्तामोडका  ५ वडाअध्यक्ष (४, ८, १, ३र १०) १४ जना वडा सदस्य, भद्रपुरकाे १ वडाअध्यक्ष  (९) सहित ५ जना वडा सदस्य, कन्काईमा २ जना वडा सदस्यमा शिवसताक्षी ४ वडाअध्यक्ष ( ४,६,७,र ११) २१ जना वडा सदस्य, दमकको  ३ वडाअध्यक्ष ( २,५,१०) सहित ४ जना वडा सदस्य, गौरादहका ३ वडाअध्यक्ष ( २,५,१०) सहित ४ जना वडा सदस्य, कमलामा १ वडाअध्यक्ष ( २,५,१०) सहित ३ जना वडा सदस्य, गौरीगन्जका २ वडाअध्यक्ष ( २,३) सहित२ जना वडा सदस्य र झापा गाउँपालिका १ वडाअध्यक्ष ( ७) सहित १ जना वडा सदस्यले मनोनयन दर्ता  गरेकाे जनाएको छ ।