सुन तोलामा ३०० घट्यो

सुन तोलामा ३०० घट्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  बैशाख १४, २०७९

सुनको भाउ बुधबार प्रतितोलामा ३०० रुपैयाँले घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ । मंगलबार सुन तोलाको ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार तेजावी सुनको भाउ तोलाको ९८ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ । मंगलबार १ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १ हजार ३४० रुपैयाँमा किनबेच भइरहेकाे महासंघले जनाएकाे छ ।