जेठदेखि हप्ताको २ दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

जेठदेखि हप्ताको २ दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १४, २०७९

सरकारले १ जेठदेखि सातामा २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । परीक्षणको रूपमा लागू हुने गरी शनिबार र आइतबार २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । 

उक्त समयदेखि बिहान ९:३० देखि साँझ ५:३० बजेसम्म कार्यालय संचालन गरिनेछ । मुलुकको अर्थतन्त्र संकटग्रस्त हुन थालेको भन्दै सरकारले बिदाको समय बढाएको हो । 

विदेशी मुद्रा सञ्चिति घट्दो र शोधान्तर घाटा बढ्दो स्थिति गएको भन्दै सरकारले सार्वजनिक बिदाको समय बढाएको हो । यसअघि पेट्रोलियम पदार्थको आयात घटाउन सरकारी इन्धनमा २० प्रतिशतले कटौती गरेको थियो । त्यस्तै, विदेशी विनिमय सञ्चिति बढाउन सरकारले विभिन्न १० वटा वस्तुमाथि पूर्ण रूपमा बन्देज लगाउने निर्णय गरेको थियो ।