डा. शेखर कोइराला : आपसी मनमुटाब थाती राख्दै चुनावी अभियानमा होमिन कार्यकर्तालाई अपिल

डा. शेखर कोइराला : आपसी मनमुटाब थाती राख्दै चुनावी अभियानमा होमिन कार्यकर्तालाई अपिल

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १५, २०७९

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तह निर्वाचनका  टिकट वितरणबारे अध्ययन र समीक्षा गरिने आश्वासन दिँदै तत्काललाई असन्तुष्टिलाई थाँती राखेर कांग्रेसलाई विजयी बनाउने चुनवी अभियानमा होमिन कार्यकर्तालाई  अपिल  गरेका छन्।

लामो समयसम्म गठबन्धनमा जना नहुने भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै आउनुभएका नेता कोइरालाले  विज्ञप्ति जारी नै  गरेर नै अपिल जारी गरेका हुन । 

नेपाली कांग्रेसले  स्थानीय तह निर्वाचनको टिकट वितरण असन्तुष्टि भने  व्यक्त गरेका छन्। नेता कोइरालाले एक विज्ञप्ति जारी  गरी आगामी वैशाख ३० गते हुन गइरहेको निर्वाचनका लागि टिकट वितरण गर्न एउटा मापदण्ड बनाउन बारम्बार कुरा उठाए पनि त्यसलाई बेवास्ता गरिएको र टिकट वितरणको जिम्मेवारी पाएका व्यक्तिहरूले न्यायसङ्गत रूपमा काम गर्न नसकेको आरोप लगाएका छन् । 

विज्ञप्तिमा ‘टिकट वितरणमा एउटा मापदण्ड बनाई अगाडि बढ्दा सबैप्रति न्याय गर्न सकिनेछ भनी हामीले बारम्बार केन्द्रीय समिति, कार्यसम्पादन समिति र सामूहिक रूपमा साथीहरू बीच कुरा उठाएका थियौँ, तर हाम्रो कुरा ध्यान पूर्वक सुनिएन’ उल्लेख गर्दै भनिएको छ ‘अहिले दुःखका साथ भन्नुपर्छ, टिकट वितरण कार्यमा जिम्मेवारी पाएका साथीहरूले पार्टी कार्यकर्ताहरूप्रति समान रूपले न्याय गर्न सक्नुभएन।’

नेता डा‍‍‍ कोइरालाले टिकट वितरणमा आर्थिक चलखेल भएकाले जीवनभर कांग्रेसको सिद्धान्त र मूल्यमान्यता बोकेर काम गरिरहेका निष्ठावान् नेता तथा कार्यकर्ताहरू टिकट पाउनबाट वञ्चित भएको दाबी गरेका छन्। विज्ञप्तिमा भनिएको छ ‚ ‘टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भयो भन्ने कुराहरू पनि यतिखेर सार्वजनिक भइरहेका छन् र त्यसको पीडा इमानदार र निष्ठावान् कार्यकर्ताहरू भोग्दै छन्।’

पार्टीले इमानदार नेता तथा कार्यकर्ताहरूको सम्मान नगरेकाले नै उनीहरू पार्टी छाडेर गएको र स्वतन्त्र उम्मेदवार भएको नेता कोइरालाले बताएका छन्। ‘अहिले म साथीहरूको असन्तुष्टि देशभरबाट सुन्दै छु, टिकट वितरणलाई लिएर’ विज्ञप्तिमा भनिएको छ ‚ ‘जीवनभर कांग्रेसको सिद्धान्त, मूल्य पद्धति र आदर्शप्रति समर्पित वरिष्ठ साथीहरू यतिखेर पार्टी छाडी अन्य पार्टीमा ओत लाग्न पुगेका छन्। कैयौँ साथीहरू स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा जान बाध्य हुनुहुन्छ।’

नेता डा‍‍. शेखर कोइराला अपिलसहितको विज्ञप्ति