यी ७ विमानस्थल आजदेखि दैनिक १८ घण्टा चल्ने, अब राति पनि उडान

यी ७ विमानस्थल आजदेखि दैनिक १८ घण्टा चल्ने, अब राति पनि उडान

लोकसंवाद संवाददाता  |  कारोबार  |  बैशाख १५, २०७९

आजदेखि थप ७ वटा विमानस्थल दैनिक १८ घण्टा संचालनमा आउने भएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले रात्रिकालीन उडान गर्न मिल्नेगरी चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगंज र धनगढी विमानस्थललाई दैनिक १८ घण्टा संचालनकाे अनुमति दिएकाे हाे ।

यी विमानस्थल हालसम्म १२ घण्टा मात्र संचालन हुँदै आएका थिए । तर, बिहान ६ देखि राति १२ बजे गरी १८ घण्टासम्म संचालन हुने भएका हुन् ।  

विमानस्थलको एयर ट्राफिक जामलाई ध्यानमा राख्दै बिहीबारदेखि तराईका विमानस्थल रातिसम्म संचालन हुँदा यात्रुलाई पनि सहज हुने भएकाे छ । 

प्राधिकरणको यस निर्णयले विमानस्थलको विद्यमान उडान चाप व्यवस्थापन हुने, जुर्मुराउँदै गरेको पर्यटन क्षेत्रलाई राहत पुग्ने, यात्रुले व्यहोर्दै आएको सास्ती हट्ने र देशको आर्थिक गतिविधि चलायमान हुने विश्वास लिइएको छ ।