नाकाबन्दीपछि झन् बलियो र आत्मनिर्भर बन्यो कतार

नाकाबन्दीपछि झन् बलियो र आत्मनिर्भर बन्यो कतार

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ८, २०७६

काठमाडौं । कतारमाथि नाकाबन्दी लागेको दुई वर्ष भयो । छिमेकी साउदी अरेबिया, इजिप्ट, बहराइन र युनाइटेड अरब इमिरेट्स (यूएई) ले संयुक्त रूपमा लगाएको नाकाबन्दी भोग्दै छ कतार ।

२०१७ जुन ५ मा नाकाबन्दी लाग्दा कतार हतास देखिएको थियो । तर कतारले देशवासीलाई नाकाबन्दीको अनुभव हुन दिएन । ‘कठोर नाकाबन्दी चिर्दै कतार पूर्णतः आत्मनिर्भर बनेको छ,’ कतारी कूटनीतिज्ञहरू भन्छन्, ‘हामी नाकाबन्दी बिर्संदै गएका छौँ ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा चन्द्रशेखर अधिकारीले लेखेका छन् ।