गरिमा विकास बैंक: ग्राहकलाई पोखराको अन्नपूर्ण केवल कारमा आकर्षक छुट दिने

गरिमा विकास बैंक: ग्राहकलाई पोखराको अन्नपूर्ण केवल कारमा आकर्षक छुट दिने

लोकसंवाद संवाददाता  |  कारोबार  |  बैशाख १५, २०७९

काठमाडौँ । गरिमा विकास बैंकले नेपालकै पर्यटकीय स्थल पोखराको फेवाताल देखि सराङकोटसम्म हालसालै सञ्चालनमा आएको अन्नपूर्ण केवल कारमा आकर्षक छुट सम्बन्धी सम्झौता गरेको छ । सम्झौता अनुरूप, यस विकास बैंकको मोबाइल बैकिङ्ग तथा डेबिट कार्ड प्रयोग गर्ने सेवाग्राहीहरूले केवल कारको टिकट मूल्यमा १०प्रतिशत छुट प्राप्त गर्न सक्नुहुनेछ । 

हाल, गरिमा विकास बैंकले नेपालभर ११९ शाखा कार्यालय, १  एक्स्टेन्सन कार्यालय र ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको जनाएको  छ ।