राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौड्यालले छाडे पार्टी

राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौड्यालले छाडे पार्टी

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १५, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उपाध्यक्ष उद्धव पौड्यालले पार्टी परित्याग गरेका छन् । अध्यक्ष कमल थापालाई सम्बोधन गर्दै उनले बुधबार राजीनामापत्र बुझाएका हुन् । 

पौड्याल उपाध्यक्ष, आर्थिक विभाग प्रमुखको पनि जिम्मेवारीमा थिए । उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् ।

राप्रपा महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि कमल थापाले राप्रपा नेपाल ब्युँताएपछि पौड्याल उक्त पार्टीको उपाध्यक्षमा मनोनीत भएका थिए । थापाले उनलाई गत १८ फागुनमा उपाध्यक्ष मनोनीत गरेका थिए । 

राप्रपा नेपालले स्थानीय निर्वाचनमा एमालेसँग तालमेल गरेर अघि बढेपछि पौड्याल असन्तुष्ट रहेका बुझिएको छ । स्थानीय निर्वाचनमा राप्रपा नेपालले एमालेको चुनाव चिह्न सूर्य लिएर उठ्ने भएको छ । सो विषयमा पौड्यालले असहमति जनाएका थिए ।

पौडेल यसअघि संघीय संसद्को निर्वाचनमा राप्रपा, नेपालबाट समानुपातिक उम्मेदवार पनि थिए । उनी राप्रपा नेपालले राजतन्त्रको एजेन्डा त्यागेपछि असन्तुष्ट रहँदै आएका थिए ।