'काठमाडौं महानगरको प्रमुख हाम्रो मान्छे नहुँदा पीडा भोगेका छौँ'

'काठमाडौं महानगरको प्रमुख हाम्रो मान्छे नहुँदा पीडा भोगेका छौँ'

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १५, २०७९

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं महानगरपालिको प्रमुख आफ्नो मान्छे नहुँदा निकै पीडा भोगेको बताएका छन् । काठमाडौं जिल्लाबाट निर्वाचित थुप्रै कांग्रेस सांसद्हरूले काठमाडौं महानगरमा नेपाली कांग्रेसको प्रमुख नहुँदा निकै पीडा भोगेको बताए । 

‘काठमाडौंमा हामीले धेरै सांसद भएर पनि काम गर्न सकेनौँ । काठमाडौं महानगरपालिकाको प्रमुख हाम्रो मान्छे भएको भए ५ वर्षमा धेरै काम गर्न सकिन्थ्यो । तर, नहुँदाको पीडा हामीले भोगेका छौँ’, थापाले भने । 

काठमाडौं महानगरपालिकाको प्रमुखमा सिर्जना सिंहलाई अत्यधिक मतले निर्वाचित गराउन अनुरोध गर्दै उनले भने, ‘उहाँले कुनै नौला सपना देखाउनुभएको छैन । दिनहुँ तपाईं हामीले देखेको र भोगेको पीडालाई समाधान गर्ने उहाँको संकल्प छ ।’ 

सिर्जना सिंहबाट कुनै चमत्कार नेदख्न अनुरोध गर्दै अघिल्लो पटक सूर्यमा भोट हालेका मतदातालाई समेत यस पटक सिर्जना सिंहलाई मतदान गर्न उनले अपिल गरे । 

आफू ५ वर्षमा स-साना काम गर्न नपाएर छट्पटाएको मान्छे भएको भन्दै थापाले भने, ‘हामी महानगरसँग सहकार्य गरेर स-साना काम गर्न आतुर छौँ । त्यसका लागि पनि उहाँलाई भोट दिनै पर्छ ।’