बजेटअघि नै अधिकांश सामानमा अत्यधिक मूल्यवृद्धि

बजेटअघि नै अधिकांश सामानमा अत्यधिक मूल्यवृद्धि

लोकसंवाद संवाददाता  |  कारोबार  |  जेठ ८, २०७६

काठमाडौं । बजेट आउन एक साता बाँकी रहँदा बजारमा अधिकांश सामानको मूल्य बढेको छ । खाद्यान्न, हरियो तरकारी, मदिराजन्य पदार्थलगायत अन्य सामानको मूल्य बढ्न थालेको हो । सामान्यतया बजेट भाषणपछि बजारमा महँगी बढ्ने भए पनि बजेटमा करका दर बढ्ने हुँदा व्यवसायीले अहिलेदेखि नै मूल्य बढाएका हुन् ।

बजारमा विशेषगरी हरियो तरकारी, खाद्यान्न, चुरोट, मदिरासँगै खसीको मासुको मूल्य बढेको छ । चुरोट प्रतिप्याकेट १० देखि १५ रुपैयाँ बढेको छ । उत्पादन कम भएको र भारतमा चुनावका कारणले आयात भन्दै बजारमा तरकारीको भाग धेरै बढेको समाचार आजको कारोबार दैनिकमा लक्ष्मी सापकोटाले लेखेकी छन् ।