चुनावी प्रतिस्पर्धाको संस्कृतिबारे बहस गर्दै सांस्कृतिक संघ

चुनावी प्रतिस्पर्धाको संस्कृतिबारे बहस गर्दै सांस्कृतिक संघ

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १६, २०७९

नेपाली कांग्रेसको शुभेच्छुक संगठन नेपाल सांस्कृतिक संघले ‘चुनावी प्रतिस्पर्धामा कस्तो संस्कृति’ विषयक विचार गोष्ठी आयोजना गर्दै छ ।

गोष्ठी आज अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ । गोष्ठीलाई महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता गुरुराज घिमिरेले सम्बोधन गर्नेछन् ।

स्थानीय तह निर्वाचनको संघारमा संघले चुनावी प्रतिस्पर्धाको संस्कृतिबारे बहस गर्न लागेको हो ।

संघका महामन्त्री शिवशंकरप्रसाद रिजालले गोष्ठीमै संघले तयार गरेको चुनावी गीत र प्रचारप्रसारको श्रव्यदृश्य सामग्रीसमेत सार्वजनिक गरिने जानकारी दिए ।