भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक एयर रुट दिन भारत तयार

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक एयर रुट दिन भारत तयार

लोकसंवाद संवाददाता  |  कारोबार  |  जेठ ८, २०७६

काठमाडौं । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन आवश्यक पर्ने एयर रुट दिन भारत तयार भइसकेको छ । दुवै देशको प्राविधिक टोलीले निर्धारण गरेको एयर रुटको उडान अनुमतिका लागि अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन (आइकाओ) मा पठाइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

तीन महिनाअघि नै पठाइएकोमा आइकाओबाट स्वीकृति प्राप्त हुनेबित्तिकै उडान सञ्चालन हुन सक्ने प्राधिकरणले जनाएको समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।