पूर्वमन्त्री आलमको मुद्दामा सुनुवाइ जारी

पूर्वमन्त्री आलमको मुद्दामा सुनुवाइ जारी

लोकसंवाद संवाददाता  |  अपराध  |  बैशाख १६, २०७९

पूर्वमन्त्री अफताब आलमविरुद्धको मुद्दामा सुनुवाइ भइरहेकाे छ । न्यायाधीशहरू सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा मुद्दाको  सुनुवाइ भइरहेकाे हाे । 

आलमविरुद्ध विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मारेको सम्बन्धी अभियाेग लागेकाे हाे । यसअघि पटकपटक पेसी तोकिए पनि मुद्दाकाे सुनुवाइ भने भएकै छैन ।

जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश उच्च अदालत वीरगंजले सदर गरेपछि त्यसविरुद्ध आलमले सर्वोच्चमा २२ मंसिर २०७७ मा फैसला बदरको माग गर्दै निवेदन दिएका थिए । 

२७ चैत २०६४ मा आतंक फैलाएर निर्वाचन जित्ने उद्देश्यले भारतदेखि पेसेवर बम बनाउनेहरू ल्याई बम बनाउने क्रममा विस्फोट भएको र घाइते भएकाहरूलाई ज्युँदै इँटाभट्टामा हालेर हत्या गरेको उनीमाथि अभियोग छ ।