मेगा बैंकको सामाजिक उत्तरदायित्व : नेपाल प्रहरीलाई दुई हजार थान पकेट नोट बुक प्रदान

मेगा बैंकको सामाजिक उत्तरदायित्व : नेपाल प्रहरीलाई  दुई हजार थान पकेट नोट बुक प्रदान

लोकसंवाद संवाददाता  |  कारोबार  |  बैशाख १६, २०७९

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल प्रहरीलाई दुई हजार थान पकेट नोट बुक सहयोग गरेको छ । 

मेगा बैंक नेपाल लिमिटेडका कुलेश्वर शाखा प्रबन्धक सुनिल चौलागाईंले महानगरीय प्रहरी परिसर, टेकुलाई दुई हजार थान पकेट नोट बुक हस्तान्तरण गर्नुभयो ।

स्थानीय तह निर्वाचन २०७९ लाई लक्षित गरी शान्ति सुरक्षामा खटिने नेपाल प्रहरीलाई काम गर्न थप सहज होस् भन्ने हेतुले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग गरेको हो ।

सुरक्षा मार्ग निर्देशनसहित पकेट नोट बुक तयार गरिएको बैंकले जनाएको छ ।