अझै असुरक्षित गर्भपतन

अझै असुरक्षित गर्भपतन

लोकसंवाद संवाददाता  |  समाज  |  जेठ ८, २०७६

खोटाङ । जिल्लामा अझै सूचीकृत नभएका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाबाट असुरक्षित गर्भपतन गराउने गरिएको एक कार्यक्रमका सहभागीहरूले बताएका छन्।

जिल्ला अस्पताल खोटाङले मंगलबार आयोजना गरेको समुदायस्तरमा सुरक्षित गर्भपतन सेवासम्बन्धी जनचेतनामूलक कार्यक्रमका सहभागी स्वास्थ्यकर्मीले जिल्लाका विभिन्न स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतन गराउने व्यवस्था भए पनि कतिपय महिलाले सूचीकृत नै नभएका स्वास्थ्यकर्मीबाट गर्भपतन गराउने गरेको उनीहरूको भनाइ छ।

जनतेचनाको अभावमा असुरक्षित गर्भपतन गराउने क्रम नरोकिएको जिल्ला अस्पतालकी स्टाफ नर्स सिर्जना पौडेलले बताइन्। आर्थिक वर्ष २०७४–७५ मा जिल्ला अस्पतालबाट दुई सय १६, प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीबाट १२, दुर्छिम स्वास्थ्य चौकीबाट ६८, स्वास्थ्य चौकी साउनेचौरबाट ३१, बाक्सिला स्वास्थ्य चौकीबाट १५ र स्वास्थ्य चौकी बड्कादियालेबाट नौ जनाले सुरक्षित गर्भपतन गराएको भए पनि असुरक्षित गर्भपतन गराउनेहरू धेरै रहेको जिल्ला अस्पतालले जनाएको समाचार आजको नागरिक दैनिकमा छ।