नेपालले जिम्बाबे ‘ए’लाई दियाे १८२ रनको लक्ष्य

नेपालले जिम्बाबे ‘ए’लाई दियाे १८२ रनको लक्ष्य

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख १८, २०७९

जिम्बाबे ‘ए’विरुद्धको टी- २० शृंखलाको पहिलो खेलमा नेपालले १८२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू  क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रनको योगफल तयार गर्‍याे । नेपालका लागि ओपनरद्वय आशिफ शेख र कुशल भुर्तेलले २७ रनको साझेदारी गर्दै मध्यम सुरवात दिलाएका थिए ।

नेपालका कुशलले ४६ रन बनाए । आदिल आलमले अविजित ४७ रनको योगदान गरे । रोहितकुमार पौडेलले ३६ रन बनाए ।

जिम्बाबेका लागि ब्राड इभान्स, लुक जोङ्ग्वे, ब्रान्डोन माभुता र जोन मसाराले १/१ विकेट लिए । नेपाल भ्रमणमा रहेको जिम्बाबेले १ टी- २० र ३ एक दिवसीय खेल खेल्नेछ ।