दोस्रो खेल खेल्दै नेपाल र जिम्बाबे

दोस्रो खेल खेल्दै नेपाल र जिम्बाबे

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख १९, २०७९

पहिलो खेलमा ६ विकेटले पराजित नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (सोमबार) दोस्रो खेलमा पाहुना टोली जिम्बाब्वे 'ए'विरुद्ध प्रतिस्पर्धा गर्दै छ । कीर्तिपुरस्थित टीयू मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ । हिजो भएको पहिलो खेलमा बलिङ र ब्याटिङ दुवैमा चुकेको नेपाल घरेलु मैदानमा पराजित भएको थियो ।

त्यसैले नेपाल दोस्रो खेलमा हारको बदला लिँदै शृंखला १-१ को अवस्थामा ल्याउन चाहन्छ । नेपाली टिम सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रनेछ । नेपालले अमेरिकामा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग- २ को तयारी स्वरूप जिम्बाबेसँग खेल्न लागेको हो । यसअघि पहिला ३ एक दिवसीय खेल र त्यसपछी ३ टी- २० खेल हुने बताइए पनि वर्षाका कारण पहिला टी- २० अगाडि सारिएको थियो । तेस्रो तथा अन्तिम टी- २० बुधबार हुनेछ । त्यसपछि ३ एक दिवसीय खेल हुने क्यानले जनाएको छ ।