सुनको मूल्य ९८ हजार २००

सुनको मूल्य ९८ हजार २००

लोकसंवाद संवाददाता  |  कारोबार  |  बैशाख १९, २०७९

सुनको भाउ सोमबार तोलामा ८०० रुपैयाँले घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुनको भाउ तोलाको ९८ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

साेमबार तेजावी सुनको भाउ तोलाको ९७ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ । आइतबार १ हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य साेमबार १ हजार २९० रुपैयाँमा निर्धारण भएको छ ।