जिम्बाबेविरुद्ध नेपालले टस जित्यो, बलिङ गर्ने

जिम्बाबेविरुद्ध नेपालले टस जित्यो, बलिङ गर्ने

लोकसंवाद संवाददाता  |  खेलकुद  |  बैशाख १९, २०७९

पहिलो खेलमा ६ विकेटले पराजित नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (सोमबार) दोस्रो खेलमा पाहुना टोली जिम्बाबे 'ए'विरुद्ध टस जितेर फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ । नेपालका कप्तान सन्दीप लामिछानेले टस जिटेर जिम्बाबेलाई ब्याटिङ निम्तो दिएका हुन् ।

आइतबार भएको पहिलो खेलमा बलिङ र ब्याटिङ दुवैमा चुकेको नेपाल घरेलु मैदानमा पराजित भएको थियो । त्यसैले नेपाल दोस्रो खेलमा हारको बदला लिँदै शृंखला १-१ को अवस्थामा ल्याउन चाहन्छ ।

नेपालले अमेरिकामा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग- २ को तयारी स्वरूप जिम्बाबेसँग खेल्न लागेको हो । यसअघि पहिला ३ एकदिवसीय खेल र त्यसपछि ३ टी- २० खेल हुने बताइए पनि वर्षाका कारण पहिला टी- २० अगाडि सारिएको थियो ।

तेस्रो तथा अन्तिम टी- २० बुधबार हुनेछ । त्यसपछि ३ एक दिवसीय खेल हुने क्यानले जनाएको छ ।