एमाले नेता भीम रावलको प्रश्न: विकास आयोजनासम्बन्धी कुनै सम्झौता राजपत्रमा छापिएका छन् ?

एमाले नेता भीम रावलको प्रश्न: विकास आयोजनासम्बन्धी कुनै सम्झौता राजपत्रमा छापिएका छन् ?

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १९, २०७९

नेकपा एमालेका नेता भीम रावलले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता राजपत्रमा छापिएकामा आश्चर्य प्रकट गरेका छन् । 

‘एमसीसीसँगको सम्झौता नेपाल राजपत्रमा छापिएछ । के अरू देशसँगका विकास आयोजनासम्बन्धी कुनै सम्झौता राजपत्रमा छापिएका छन् ?', सामाजिक संजाल ट्वीटरमा आज आफैँ प्रश्न गर्दै आफैँ जबाफ दिएका छन्, ‘छैन ।’ 

एमसीसी सम्झौता राजपत्रमा प्रकाशित भएसँगै नेपालको आन्तिरिक मामिलामा हस्तक्षेप सुरु भएको आरोप उनले लगाएका छन् । 

‘यहीँबाटै नेपालको मामिला, कानुन र अधिकारमा हस्तक्षेपको खेल सुरु हुन्छ ।अब अरू राष्ट्रघाती प्रावधान कसरी लागू हुन्छन्, हेरौँ । अनुमोदनबारे पठाएको पत्र सार्वजनिक होस्’, उनले लेखेका छन् ।