सुनको मूल्य ९७ हजार २००

सुनको मूल्य ९७ हजार २००

लोकसंवाद संवाददाता  |  कारोबार  |  बैशाख २०, २०७९

सुनको भाउ मंगलबार प्रतितोलामा १ हजार रुपैयाँले घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९७ हजार २०० रुपैयाँ कायम भएको छ । सोमबार सुन तोलाको ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार तेजावी सुनको भाउ तोलाको ९६ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ भने स्थिर नै रहेको छ । सोमबार १ हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि १ हजार २९० रुपैयाँमा निर्धारण भएको छ ।