देवलाल गोले एकिकृत समाजवादी पार्टीमै : पराजित मानसिकताको डरले फैलाएको हल्ला मात्रै

देवलाल गोले एकिकृत समाजवादी पार्टीमै : पराजित मानसिकताको डरले फैलाएको हल्ला मात्रै

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २१, २०७९

मकवानपुर । नेकपा एकिकृत समाजवादी पार्टी परित्याग गरिएको भनेर प्रचार भएका भिमफेदी गाउँ पालिकाका स्थायी बासिन्दा देवलाल गोले आफु वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनकै उमेदवार जिताउन लागिपर्ने भन्दै विपक्षीहरुले फैलाएको भ्रममा नपर्न आग्रह गरेका हुन् ।

बुधबार एक वक्तव्य जारी गर्दै गोलेले आफ्नो किर्ते दस्तखत सहित चुनावी प्रोपोगाण्डा गरिएको आरोप लगाए । उनले वक्तव्यमा भनेका छन्,‘भीमफेदीमा रहेका एमाले पार्टीका उम्मेदवारहरुले आफुलाई निर्वाचन मुखी फाइदाको लागि मेरो फोटो र किर्ते कागजात सहित विभिन्न मिडिया तथा सामाजिक सञ्जालमा गलत प्रचारप्रसार भएको विषयमा गम्भिर ध्यानाकर्षण भएको छ, यस विषयमा म खेद प्रकट गर्दछु । ’

उनले अगाडि भनेका छन्, ‘मेरो आस्था र विश्वास बमोजिम समाजमा अग्रगामी परिवर्तन गर्न सक्ने दल नेकपा एकिकृत समाजवादी नै हो । ’

उनले आफुले  अनुशासन र आचारसंहितामा रही पार्टीको पक्षमा काम गरिरहेको र आगामी चुनावमा भीमफेदीमा प्रभाव गुम्ने त्रासले विपक्षीहरु यस्तो हल्लामा लागेको प्रष्ट पारे ।