बेलायती महारानीलाई सोशल मीडिया मैनेजरको आवश्यक्ता

बेलायती महारानीलाई सोशल मीडिया मैनेजरको आवश्यक्ता

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ८, २०७६

२१ औं शताब्दीमा सोशल मिडियाको प्रभावका बारेमा धेरै कुरा भनिरहनु पर्दैन् । यसको एकदमै ताजा उदाहरण अहिले बेलायती महारानी एलिजावेथ द्वितीयलाई सोशल मीडिया मैनेजरको आवश्यक्ता महशुस भएबाट थप स्पष्ट भएको छ । 
 
काठमाडौं, एजेन्सी । यदि तपाईँसँग ग्रेजुएशन छ, वेवसाइट प्रमोशन, सोशल मिडिया प्रमोशन, सोशल मिडियामा कटेंट लेखन र कंटेंट म्यानजमेन्ट सिस्टमका बारेमा जानकार हुनुहुन्छ भने तपाइका लागि रोजगारीको लागि ठूलो अवसर छ । त्यो पनि यस्तो उस्तो ठाउँमा हैन बेलायतको राजदरबारमा । 

बेलायतको महारानी एलिजाबेथ द्वितीयलाई एकजना  सोशल मीडिया मैनेजरको आवश्यक्ता रहेको जानकारी राजपरिवारका तर्फबाट यहाँको एक रोजगार कम्पनीलाई उपलब्ध गराइएको छ । राजदरबारका अनुसार मेनेजरले सोमवार देखि शुक्रवारसम्म हप्तामा ३७.५ घण्टा काम गर्नुपर्नेछ । 

रोजगार कम्पनीको वेवसाइटका अनुसार  ‘डिजिटल कम्युनिकेशंस ऑफिसरले विश्व मंचमा महारानीको उपस्थितिको लागि नयाँ तरिका खोज्नुपर्नेछ । 

नोकरीको लागि प्रकाशित विज्ञापनका अनुसार डिजिटल कम्युनिकेशन ऑफिसरको तलव ३० हजार पाउंड वार्षीक हुनेछ । अन्य सुविधाका हकमा वर्षमा ३३ दिन छुट्टी तथा दिउँसोको खाजाको पनि पैसा तिर्नुपर्ने छैन् । 

डिजिटल कम्युनिकेशंस ऑफिसरले  डिजिटल तथा  सोशल मीडियामा दैनिक आउने खबरको व्यवस्थापन गर्नुपर्नेछ । साथै डिजिटल प्रोजेक्ट्समा पनि काम गर्नुपर्नेछ । 

उनले डिजिटल मीडिया विशेषज्ञको सानो टीमसंग काम गर्नुपर्नेछ । सोशल मीडिया तथा  डिजिटल फ्लेटफॉर्मको लागि कंटेट पनि लेख्नुपर्नेछ ।  डिजिटल कम्युनिकेशंस ऑफिसरले राजदरबारका बारेमा हुने सारा गतिविधिका बारेमा पनि ध्यान दिनुपर्नेछ । 

डिजिटल कम्युनिकेशंस ऑफिसरको आवेदनको अंतिम मिति मे २२ तारीक हो।

योग्यता

ग्रेजुशनका साथै वेबसाइट म्यानेजमेन्टको अनुभव
सोशल मीडिया म्यानेजमेन्टको विशेषज्ञता
डिजिटल तथा सोशल मीडियामा  कंटेंट लेखेको अनुभव
कंटेंट  म्यानेजमेन्ट सिस्टममा  काम गरेको अनुभव